aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एशियन लाइफद्धारा लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
एशियन लाइफद्धारा लाभांश प्रस्ताव

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले हुन आउने २४ करोड ७१ लख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतका खरले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस