aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रावा इनर्जीले आईपीओ निष्काशन गर्न पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
रावा इनर्जीले आईपीओ निष्काशन गर्न पायो अनुमति

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट फागुन २५ गते अनुमति पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ निष्काशन गर्न अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 

कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका स्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालनमा गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस