
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दुधको मूल्य बढाएको छ । संस्थानले मन्त्रिपरिषद्को फागुन १९ गतेको निर्णय बमोजिम चैत्र १ गतेदेखि कृषक खरिद मूल्य ६५ रुपैयाँ कायम हुनेगरी बढाएको हो ।
आज प्रकाशित सूचना अनुसार काठमाडौं, विराटनगर, जनकपुर र हेटौंडा क्षेत्रमा रु. ९७ रुपैयाँ, बुटवल क्षेत्रमा ९४ रुपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा ९२ रुपैयाँ कायम भई चैत्र २ गतेबाट उक्त मूल्य कायम गरिएको व्यहोरा उल्लेख गरिएको छ ।
संस्थानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्याएको छ ।
मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया दिनुहोस