aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ईङवा हाइड्रोपावरको आईपीओ चैत २० गतेसम्म बिक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
ईङवा हाइड्रोपावरको आईपीओ चैत २० गतेसम्म बिक्रीमा रहने

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि विक्रीमा ल्याएको आईपीओ चैत २० गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी गएका नेपालीका लागि आईपीओ जारी गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने चैत ५ गतेसम्म आईपीओ जारी गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्काशन गरेकोे हो ।

आयोजना प्रभावित स्थानीयबाट मागभन्दा बढी आवेदन चैत २० गते अगाबै प्राप्त भएमा सो मिति अगाबै विक्री बन्द गरिने जानकारी कम्पनीले दिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन पाइने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूर्ण व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

यस आयोजनाका निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट औषत लागत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल लागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस