
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनी आर्थिक वर्ष ०७८/७९ को लागि अधिकतम ७५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । यस कम्पनीले ६ प्रकारका बीमा लेखमा वार्षिक न्यूनतम २७ रूपैयाँ बोनस दर तय गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ४४ रूपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मको बीमालेखमा ४४ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४९ रूपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ५५ रूपैयाँ बोनस दर निर्धारण गरेको छ ।
त्यस्तै साविधिक जीवन बीमालेखमा न्यूनतम ३८ रूपैयाँदेखि अधिकतम अधिकतम ७३ रूपैयाँसम्म बोनस दर दिने कम्पनीको भनाई छ । सावधिक जीवन बीमालेख ९ वर्षसम्मको लागि ३८ रूपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ४२ रूपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रूपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५० रूपैयाँ, २० देखि २४ वर्षका लागि ५० रूपैयाँ र ३० वर्ष वा सोभन्दा माथीको अवधिका लागि ७३ रूपैयाँ बोनस दर तय भएको छ ।
कम्पनीले सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा ९ वर्षदेखि ३० वर्षमाथीसम्मको अवधिका लागि न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दर दिने भएको छ । ९ वर्ष अवधिको यस बीमालेखमा ३५ रूपैयाँ, १० देखि १४ वर्ष अवधिको लागित ३८ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रूपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४६ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६५ रूपैयाँ र ३० वर्षभन्दा माथी अवधिका लागि ७५ रूपैयाँ बोनस दर कम्पनीले निर्धारण गरेको हो ।
सिटिजन बाल भविश्य योजना (सावधिक) बीमालेखमा कम्पनीले न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँसम्मको बोनस दर तय गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ४२ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रूपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ५० रूपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६५ रूपैयाँसम्मको बोनस दर तय गरेको हो ।
त्यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा कम्पनीले न्यूनतम २५ रूपैयाँदेखि अधिकतम २८ रूपैयाँसम्मको बोनस दर कम्पनीले निर्धारण गरेको छ । ९ वर्ष अवधिको लागि २५ रूपैयाँ, १० देखि १४ वर्षका लागि २७ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रूपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि २८ रूपैयाँसम्मको वोनस दर कम्पनीले निर्धारण गरेको हो ।
सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा पनि कम्पनीले अधिकतम ७५ रूपैयाँसम्मको बोनस दर दिने भएको छ । कम्पनीले यस योजनामा ९ वर्ष अवधिका लागि ३७ रूपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रूपैया्ँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रूपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६० रूपैया्ँ र ३० वा सोभन्दा बढी अवधिका लागि ७५ रूपैयाँ बोनस दर निर्धारण गरिएको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकममा उल्लेखित बोनस दर निर्धारण गरेको हो । यो बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा भुक्तानी हुनुका साथै अर्को बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन बमोजिम नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म लागू हुने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस