काठमाडौं । हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग प्रुडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले अनुमति मागेका छन् । प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २० गते १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता र गुराँस लाइफ इन्स्योरेन्सले भदौ २२ गते १ बराबर १ को अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेका हुन् ।
गत असार मसान्तभित्र बीमा समितिको निर्देशन बमोजिम जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब चुक्तापुँजी पु¥याउनुपर्ने थियो । तर हाल प्रुडेन्सियलको चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रहेको छ भने गुराँस लाइफको ९२ करोड ९४ लाख ६२ हजार छ ।
प्रतिक्रिया दिनुहोस