काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक अर्ब ६० करोड रुपैयाँबराबरको १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड दुईको रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा माथि रहेको जनाउँछ । यस कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्तापुँजी ८ अर्ब ४० करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापुँजी १० अर्ब पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस