aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिंगटी हाइड्रोले पनि आईपीओ जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
सिंगटी हाइड्रोले पनि आईपीओ जारी गर्ने

काठमाडौं । दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले कुल कित्तामध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ । 
केयर रेटिङ नेपालले यस आईपीओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडलेरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस