
काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएका छन् । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार एनएमबी लघुवित्त, नयाँ सारथी लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएका हुन् ।
एनएमबी लघुवित्त वित्तीय संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौं साधारणसभा बोलाएको हो । उक्त सभा बैशाख १५ गते दिँउसो सिटि स्क्वायर प्रालि न्यरोड, पोखरामा हुने छ ।
सो सभाले कम्पनीले वितरण गर्न लागेको हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
उक्त साधारणसभा प्रयोजनका लागि चैत १७ गतेदेखि बैशाख १५ गते सम्म कम्पनीले शेयर दाखिला खारेज बन्द गर्ने भएको छ । जस अनुसार चैत १६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
त्यस्तै, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौधौं वार्षिक साधारणसभा चैत २८ गते मंगलबार गर्ने निर्णय गरेको छ । उक्त सभा होटल जुगर, मिरावल चोक, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो हुनेछ ।
सो सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार चैत १४ गतेसम्म कायम भएका शेयरधनीहरुले सो सभामा भाग लिन र लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन् ।
त्यसैगरी, कालिका लघुवित्त वित्तीय संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले संस्थाका तेह्रौँे साधारणसभा चैत २९ गते बुधबार गर्ने निर्णय गरेको छ । सो सभा होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल बुद्धचोक पोखरामा बिहान हुनेछ ।
सो सभाले कम्पनीले वितरण गर्न लागेको हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीको सो सभाले संस्थाको हाल कायम कुल पुँजी संरचनामा संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५४.५२ प्रतिशत र सर्वसाधारणको ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्ने छ ।
सो साधारण सभा प्रयोजनका लागि लघुवित्तले चैत १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार चैत १५ गतेसम्म कायम भएका शेयरधनीहरुले संस्थाको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस