
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रिमियम मूल्य थप गरी आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ कर्मचारी समेत सर्वसाधारणमा जारी गर्न चैत ५ गते बोर्डमा निवेदन दर्ता गरेको हो ।
प्रतिकित्ता रू. १०० मूल्यमा रू. १९० प्रिमियम थप गरी सर्वसाधारणमा प्रतिकित्ता रू. २९० मूल्य तोकेर कम्पनीले आईपीओ जारी गर्न लागेको हो । कर्मचारीमा भने प्रतिकित्ता रू. १०० मै आईपीओ जारी गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले रू. ३ अर्ब १५ करोड ५६ लाख २५ हजार बराबरको आईपीओ निष्कासनको अनुमति मागेको हो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस