
काठमाडौं । नेपाल धितोपत्र बोर्डल (सेवोन) ले सीटी होटल लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले चैत ५ गते होटल तथा पर्यटन क्षेत्रको यस कम्पनीलाई आईपिओ निष्काशनका लागि अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि रू. १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
गोल्यान ग्रुप, कमलेश अग्रवाल लगाएतका देशका ठुला उद्यमीहरूको लगानी रहेको यस कम्पनीले एक वर्षअघि काठमाडौंको सोल्टिमोडमा ह्यात प्लेस सञ्चालनमा ल्याएको थियो ।
पाँच तारे उक्त होटलमा १५३ ओटा कोठा रहेको जानकारी कम्पनीले दिएको छ । होटलमा ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल , ब्यांक्वेट हल, लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, जिम, स्विमिङ्ग पुल र लगायतका सुविधाहरु उपलब्ध हुने जानकारी समेत कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस