aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भुगोल इनर्जि र दोल्ती पावरको आईपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ चैत्र २०७९
भुगोल इनर्जि र दोल्ती पावरको आईपीओ बाँडफाँट

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आईपीओ बाँडफाँट गरेको छ ।

दुबै कम्पनीले फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ जारी गरेका थिए । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन आवेदकहरूमा चैत ६ गते आईपीओ बाँडफाँट गरिएको कम्पनीहरूले जानकारी दिएको छ ।

दोल्ती पावर कम्पनीले जारी पूँजी रू. ५३ करोड ६४ लाख ८६ हजारको २० प्रतिशत दरको १० लाख ७२ हजार ९७२ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको थियो । दोल्ती पावरले १ लाख ७ हजार २९८ कित्ता शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । 

त्यस्तै भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को २० प्रतिशत दरको १० लाख ८८ हजार १०७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ जारी गरेकै दिन दुबै कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो । आयोजना प्रभावित स्थानीयमा भने चैत ७ गतेसम्म आवेदन दिन सक्ने जानकारी कम्पनीहरूले गराएका छन् ।
 

प्रतिक्रिया दिनुहोस