aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यातायात व्यवस्था कार्यालयमा महिला बिचौलिया  पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
यातायात व्यवस्था कार्यालयमा महिला बिचौलिया  पक्राउ

काठमाडौं । बिचौलियाको रुपमा कार्य गर्ने एकजना महिलालाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका ९ घर भइ हाल काठमाडौँको गोठाटार बस्दै आएकी २३ वर्षीया मनिता राईलाई ट्राफिक प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।

यातायात कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो छरितो तरिकाले काम गरिदिन्छु भन्दै  रकम समेत लिने उद्देश्यले राईले बिचौलियाको रूपमा काम गरेको पाइएपछी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता इकाईबाट खटिएको टोलीले बिहिबार दिउँसो सेवा ग्राहीका ३ थान सवारी चालक अनुमतिपत्र सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएकोमा जिल्ला प्रशासन कार्यालयबाट  शुक्रबार ७  दिन म्याद थप अनुमती लिई  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्ता खालका गैर कानुनी कार्य रोक्नका लागी सेवाग्राहीहरू समेत सचेत हुनुपर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए  ।   
 

प्रतिक्रिया दिनुहोस