aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओ बने शिवनाथ पाण्डे, बीमा प्राधिकरणले दियो स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओ बने शिवनाथ पाण्डे, बीमा प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मिलेर बनेको नयाँ कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई आइतबार सीइओ बन्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै उनले सो जिम्मेवारी सम्हाल्ने भएक हुन्।  

मर्जरपछि बनेको नयाँ कम्पनीले सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न यसअघी नै सिफारिस गरेको थियो । चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका यी दुई कम्पनीले अब औपचारिक रुपमा नै पाण्डेको नेतृत्व पाउने भएको हो।

बिगत दुई वर्ष बीमा क्षेत्र बाहिर रहे पनि आफु टाढा नगएकोले अब नयाँ उर्जाका साथ कम्पनी चलाउने उनले बताए। पाण्डेले भने, 'केहि समय गरेको आराम र अध्ययनले नयाँ उर्जा समेत थपिएको छ। अब सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा त्यो लगाउँछु।'

पाण्डे यसअघि साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । २०७३ फागुनमा चार वर्षका लागि नियुक्त भएका उनी कार्यकाल बाँकी छँदै कम्पनीबाट बाहिरिएका उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका व्यक्ति हुन् । नेपाल राष्ट्र बैंकबाट ३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे एक अनुभवी व्यवस्थापक पनि हुन्। 

प्रतिक्रिया दिनुहोस