काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गरेका छन । उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहेका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले उनहरुको सिकाईमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए । यसले उनहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गरे ।
“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहनुका साथसाथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गरे ।
उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस