aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९ चैत ८ गतेको पत्रमार्फत स्वीकृत बीमितहरूका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक बोनसदरअनुसार कम्पनीले न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । कम्पनीले सात ओटा बीमालेखअन्तर्गत विभिन्न अवधिको लागि न्यूनतम २० रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ ।

यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १७ हजार ४ सय ४० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै गुराँस बाल सुरक्षा र गुराँस नौलो बालसुरक्षा सावाधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिको लागि प्रतिहजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४९ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको २४ हजार २ सय ८५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै सावधिक तथा आजीवन बीमालेखअन्तर्गत कम्पनीले प्रतिहजार न्यूतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८४७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

त्यस्तै कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा न्यूनतम ३६ रुपैयाँदेखि ४८ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४८ रुपैयाँ र कम्पनीले २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६८९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

साथै वार्षिक नगद फिर्ता योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी विक्री भएको पाइन्छ । यो योजना ६ हजार ९८८ वटा विक्री भएको छ । यो पोलिसीमा बीमितहरूले ४३ रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै गुराँस सुरक्षित भविष्य जीवन बीमाअन्तर्गत कम्पनीले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ३१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ३७ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यो बीमालेख ३३४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

३० वर्षे गुराँस जीवन रक्षक (सीमित भुक्तानी) गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । यो बीमा योजनामा सबैभन्दा धेरै १५ देखि १९ वर्षको योजना विक्री भएको छ । कम्पनीको यस योजना १७४ वटा विक्री भएको छ । जसमा बीमितहरूले ३७ रुपैयाँ बोनस पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस