aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्कासन गर्न लागेको डिस मिडिया नेटवर्कले चैत २० गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
आईपीओ निष्कासन गर्न लागेको डिस मिडिया नेटवर्कले चैत २० गते बोलायो साधारण सभा

काठमाडौं । डिस मिडिया नेटवर्कले चैत २० गते साधारण सभा बोलाएको छ । कम्पनीले जारी पूँजी बृद्धि र आईपीओ निष्कासन सम्बन्धि योजनामा छलफल गर्न केन्द्रिय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे सभा बोलाएको हो ।

सभा भर्चुअल माध्यमबाट हुने र सदस्यहरूलाई जुम आइडी र पासवर्ड इमेलमार्फत उपलब्ध गराईने जानकारी कम्पनीले दिएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराईसकेको छ ।

कम्पनीले रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले प्रतिकित्ता १०० कै दरमा आईपीओ विक्री गर्न निवेदन दिएको हो ।

डिसहोमको आईपीओ बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरिसकेकोे छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड रहेको छ ।

सन् २००९ मा स्थापना भएको डिसहोम विक्रम सम्वत् २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्कासनको तयारीमा जुटेको हो । डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने सबैभन्दा ठुलो कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस