aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफले प्रस्तावित १३.२७ प्रतिशत बोनस शेयर बैशाख ६ गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ चैत्र २०७९
गुराँस लाइफले प्रस्तावित १३.२७ प्रतिशत बोनस शेयर बैशाख ६ गते पारित गर्ने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी  बैशाख ६ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय तिनकुने, काठमाडौंमा विहान १०:३० बजे सभा बोलाईएको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूसँगै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजारको आधारमा १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।

उक्त बोनस शेयरमा लाग्ने कर वापतको रकम भने शेयरधनी स्वयम्ले बेहुर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । गुराँस लाइफ , युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । 

एकिकृत कारोबार गर्न बाकी रहेको अवस्थामा गुराँस लाइफले साधारण सभा आव्हान गरेको हो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।

मर्जरका लागि सहमति भएको समान हैसिएतको शेयर स्वाप रेसियोलाई पनि सभाले स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस