काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिव ४०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवनबीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफलजीवनबीमाअभिकर्ता विजयकुमार झा उपस्थित थिए ।
यस कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल,कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल,प्रदेश प्रमुखहरु सपुतचन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको कम्पनी प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताए ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामीदिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीपविकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए ।
कार्यक्रममा“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात”भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवनबीमा योजना” संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले गरेकी थिइन ।
सावधिक योजना र पेन्सन योजनाभएको यो बीमा योजनाएकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको नेशनल सेल्स हेड उमापति पोखरेल बताइन ।
प्रतिक्रिया दिनुहोस