aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल लाइफद्वारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
नेपाल लाइफद्वारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनील वि.सं.२०८० सालको  क्यालेन्डर सार्वजनिक गरेको छ । बिहिबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् ।

बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस