aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दोल्ती पावरको आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
दोल्ती पावरको आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट

काठमाडौं । डोल्टी पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्री गरेको थियो ।

कम्पनीले जारी पूँजी रू. ५३ करोड ६४ लाख ८६ हजारको १० प्रतिशत दरको ५ लाख ३६ हजार ४८६ कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको थियो ।

कुल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले र कालिका गाउँविकास समितिमा स्थायी बसोबास गर्ने स्थानीय वासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका नौमुले र कालिका गाउँविकास समितिका बाहेक अन्य स्थानीयका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर चैत १७ गते बाँडफाँट गरिएको हो ।

यो आईपीओ खरीदका लागि रितपूर्वक प्राप्त नभएका आवेदकहरूको शेयर वापतको रकम चैत २० गतेदेखि सम्बन्धित आवेदको बैंक खातामा रकमान्तर गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी हुने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । यस अघि कम्पनीले फागुन ८ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा विक्री गरेको आईपीओ चैत ६ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय वाहेक सर्वसाधारणमा जारी हुने जारी पूँजीको २० प्रतिशत दरको १० लाख ७२ हजार ९७२ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो ।

यस आधारमा १ लाख ७ हजार २९८ कित्ता शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भएको छ । अब बाकी शेयर कम्पनीका कर्मचारी , सामूहिक लगानीकोषसहित सर्वसाधारणमा जारी हुनेछ ।
 
 

प्रतिक्रिया दिनुहोस