aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाईफको नयाँ बोनस दर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
नेशनल लाईफको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को बीमाङ्कीय प्रतिवेदनका आधारमा कम्पनीको मुनाफामा सरिक हुने गरी क्म्पनीले जारी गरेको तीन प्रकारका बीमालेखमा नयाँ बोनस दर निर्धारण गरेको हो । 

बीमालेख धारण गर्ने अवधिका आधारमा कम्पनीले प्रति हजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । 
कम्पनीले हाल सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरेको छ । तीनमध्ये सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने भएको हो । 

सावधिक जीवन बीमालेखमा ९, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिसम्मको बीमालेखमा कम्पनीले प्रतिहजार ६४ रूपैयाँ बोनस दर कायम गरेको छ । त्यस्तै २१ वर्षदेखि २५ वर्षको बीमालेखमा ७० रूपैयाँ ,२६ वर्षदेखि २९ वर्षसम्म र ३० वर्ष वा सोभन्दा माथीको बीमालेखमा ८५ रूपैयाँ बोनस कम्पनीले दिने भएको छ ।

सावधिक जीवन बीमालेख अन्तर्गत १५ देखि २० वर्ष अवधिको लागि सबैभन्दा बढी १ लाख ८७ हजार ७८६ ओटा बीमालेख विक्री भएको छ । अधिकतम बोनस दर रहेको सावधिक जीवन बीमालेख भने २ हजार ४८३ ओटा विक्री भएको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा अधिकतम ८५ रूपैयाँ बोनस दर निर्धारण गरेपनि हालसम्म एउटा पनि यो बीमालेख विक्री भएको छैन् । सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि ६४ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

कम्पनीको यो बीमालेख १५ देखि २० वर्ष अवधिको सबैभन्दा बढी ७३ हजार ५०५ ओटा विक्री भएको छ । कम्पनीले यो बीमालेख २१ देखि २५ वर्ष कायम राख्ने बीमकहरूका लागि ७० रूपैयाँ बोनस दर दिने भएको छ । हाल २१ देखि २५ वर्ष अवधिको यो बीमालेख भने ९२२ ओटा विक्री भएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने कम्पनीले अधिकतम ६४ रूपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । ९ वर्ष र १० देखि १४ वर्ष अवधिको यस बीमालेखमा प्रतिहजार ६३ रूपैयाँ बोनस दिने कम्पनीले १५ वर्षदेखि १९ वर्षसम्म र २० देखि २५ वर्षसम्मका लागि ६४ रूपैयाँ बोनस दिने भएको हो ।

यो बीमालेखमा १५ देखि १९ वर्ष अवधिको सबैभन्दा बढी ३० हजार ३४१ बीमालेख विक्री भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अर्को मूल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति नभएसम्म लागू हुनेछ । यो बोनस दर कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा समेत अन्तरिम बोनस दरको रूपमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस