aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मार्केट पण्डित क्यापिटलको १०५ प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
मार्केट पण्डित क्यापिटलको १०५ प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले चैत १९ गतेदेखि ५ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । क्यापिटलले चैत ४ गतेसम्म कायम शेयरधनीहरूका लागि एक शेयर बराबर नयाँ शून्य दशमलव पाँच शेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

प्रतिशेयर रू. १०० अंकित मूल्यमा विक्रीमा आएको यो हकप्रद शेयर खरिदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ति खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ ।

पछिल्लो समय मचेन्ट बैंकरहरूले हकप्रद शेयर मार्फत पूँजीबृद्धि गरिरहेको अवस्थामा यस कम्पनीले पनि पूँजी बढाउनका लागि हकप्रद जारी गरेको बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस