aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्योदयवोमी लघुवित्तको साधारण सभा बैशाख ३० गते, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
सूर्योदयवोमी लघुवित्तको साधारण सभा बैशाख ३० गते, बुक क्लोज कहिले ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा २०८० वैशाख ३० गते गर्दै छ । उक्त साधारण सभाप्रयोजनको लागि कम्पनीले वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको हो ।

यस आधारमा बैशाख १३ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाले प्रस्तावित १५ प्रतिशत बोनस शेयर वितरणलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ  । साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार गरेकाले लाभांश करमा छूट पाएको छ ।
 

प्रतिक्रिया दिनुहोस