aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० चैत्र २०७९
महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

ललितपुर ।  महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको हो । महिन्द्राको सर्भिसिङ सेन्टर आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । अहिलेसम्म ७ वटा चारपांग्रे र ६ वटा दुईपांग्रे गाडी जलेको विवरण आएको छैन । 

आज बिहान लागेको आगो नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।

प्रतिक्रिया दिनुहोस