aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मोदी ईनर्जीको २० लाख ९५ हजारभन्दा बढी कित्ता आईपीओ बिकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९
मोदी ईनर्जीको २० लाख ९५ हजारभन्दा बढी कित्ता आईपीओ बिकेन

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर विक्री गरेको थियो ।

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म विक्री गरेको आईपीओ रितपूर्वक आवेदन दिने आवेदकमा चैत १९ गते बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याईएको कुल कित्ता शेयरमध्ये २० लाख ९५ हजार ६१० कित्ता शेयर वितरण हुन नसकेको विक्री प्रबन्धकको भनाई छ ।

विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले योग्य आवेदकहरूमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयर सर्वसाधारणमा थप गरी विक्री गरिनेछ । यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा जारी हुने जारी पूँजी रू. २ अर्ब ९० करोड बराबरको १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत १७ गते बाँडफाँट गरेको हो ।

यस कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो । यस आयोजनको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस