aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डेढ वर्षपछि मलेसियाको रोजगारी खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
डेढ वर्षपछि मलेसियाको रोजगारी खुल्यो

 काठमाडौं । झण्डै डेढ वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी आजदेखि  खुल्ला भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिबीच आज तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको छ।

सहमतिसँगै अब नेपाली कामदार शून्य लागतमा  मलेसिया जान पाउनेछन् ।  कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी भएको छ ।


 

प्रतिक्रिया दिनुहोस