
काठमाडौं । अमेरिकी अटो मोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभीजिप मेरिडियनको बुकिङ खुल्ला गरेको छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नु अघि विशेष मूल्यमा बुकिङ खुल्ला गरेको हो ।
जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयुभीहो जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ । नेपालमा जिप मेरिडियनको लन्च अघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
यसैबीच, एमएडब्लु लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’पनि सुरु गरिसकेको छ । प्रिमियम फिचरले भरिएको मेरिडियनलाई टेस्ट ड्राइभ गर्न चाहनेले धधध।वभभउ।अयm।लउमा लग इन गरी वा ९८०११४५५४५ माफोन गरी टेस्ट ड्राइभ बुक गर्न सक्नुहुने कम्पनीले जनाएको छ ।
नेपालमा मेरिडियनको टप भेरियन्टलिमिटेड (ओ) उपलब्ध हुनेछ । मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’हुनेछ जसको ‘नाइन–स्पिड अटो मेटिकट्रान्समिसन’ले १६८ बीएचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्ने कम्पनीको दावी रहेको छ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ ।
जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रणहो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’दुवैका लागि क्षमतावान् छ । प्रिमियम इन्टेरियर, ठूलो क्याबिन स्पेस, अत्याधुनिक प्रविधि र व्यवहारिक फिचरहरुले जिप मेरिडियनलाई बजारमा उपलब्ध ‘सभेन–सिटर एसयुभी’मध्येमा अब्बल बनाएको कम्पनीको भनाइ रहेको छ ।
भारतमा केही समय अघि सार्वजनिक गर्नुअघि जिपले मेरिडियनलाई यसको ‘ड्युरेबिलिटी’ र ‘कन्सिस्टेन्ट पर्फमेन्स’ प्रत्याभूत गर्न एक लाख किलोमिटर कठोर परिक्षणमा राखेको कम्पनीले जनाएको छ ।
जिप मेरिडियनकठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लटग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोमफिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ ।
मेरिडियनमा जिपको ‘यु–कनेक्ट’जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्टसिट’ र ‘पावर टेलगेट’लगायतकाफिचर छन् । साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्रीक्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्डडिसेन्ट कन्ट्रोल’जस्ता फिचर छन् ।
प्रतिक्रिया दिनुहोस