
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले यस भन्दा अगाडि फागुन १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेकोमा नियामक निकायको निर्देशन अनुसार १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितीको बैठकले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद शेयर विक्री गर्न अनुमति पाएमा चुक्तापूँजी रू. ७७ करोड ३९ लाख पुग्नेछ । यस कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आएको छ ।
पछिल्लो समय जलविद्युत् कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रदमार्फत पूँजी जुटाउन सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस