aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मनपरीरुपमा यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ चैत्र २०७९
मनपरीरुपमा यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो । 

महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस