aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टिभिएस स्वास्थ्यका लागि रमाइलो दौडको साथमा ५० हजार पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
टिभिएस स्वास्थ्यका लागि रमाइलो दौडको साथमा ५० हजार पुरस्कार

काठमाडौं । जगदम्बा मोटसले उपभोक्ता प्रवद्र्धन योजना“टिभिएस दशैंको दौड” सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ । टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइकन किनेर पनि सहभागी बन्न पाइने अफर म्याराथन दौड रहेको जगदम्बा मोटरसले जनाएको छ  ।

देशका विभिन्न भागहरुमा यस प्रकारको म्याराथन दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले आउँदो शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ । 

उक्त दिन विहान७ बजेदेखि शुरु आयोजकले जनाएको छ ।   कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने “दशैंको चहलपहलले हामीलाई छोइसकेको छ । यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउनहामीले हाम्राग्राहकहरु समक्षल्याएको “टिभिएस दशैंको दौड” प्रतिउपभोक्ताहरुले जुन उत्साहजनक रुचीदर्शाउनु भएको छ, त्यसबाट हामीअत्यन्तप्रभावितभएका छौं । यसै योजनामातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यकालागि रमाइलो दौड भन्ने नाराका साथआयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजगमहानुभावहरुले यो दौडमा सहभागीताजनाउनु भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।”

रमाइलो दौड नक्सालबालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमापुगी समापनहुनेछ । सबै उमेर सबै समुहका व्यक्तिहरुले भागलिन सक्ने यो खुला रमाइलो दौडमा सहभागीहुने सबैजनालाई  स्योर सट छुटस्वरुप १ हजार रुपैयाँ दिने छ भनें विजेताहरुमध्ये प्रथमहुनेलाई ५० हजार रुपैयाँ त्यस्तै द्वितीय स्थानमा आउनेलाई २५ हजार रुपैयाँ  र तृतीय स्थानमा रहनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस