aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोटरहेडको नयाँ वर्ष अफर ‘सुपर सवारी २०८०’ सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ चैत्र २०७९
मोटरहेडको नयाँ वर्ष अफर ‘सुपर सवारी २०८०’ सार्वजनिक

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । २०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा स्टक क्लियरेन्स अफर लागु कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका बाइकहरुमा सुपर पावर २०८० यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको नामक अफर ल्याएको हो । 

उक्त अफर शुक्रबारबाट कम्पनीले उपलब्ध गराउने बताएको छ । सदा झैं कम्पनीले सबै प्रकारका खरीद प्रक्रियामा उत्तिकै उत्साहित अफर समेत्दै नगद/फाइनान्स र एक्सचेञ्ज खरिद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको छ । 

जसमा नगद खरीद गरे वापत ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा पूर्ण बीमाको सुविधा लिन सकिने छ । फाइनान्स खरिदमा आफूले खरिद गरेको बाइकको पूर्ण बीमा ग्राहकले कम्पनीबाटै सुविधा पाइने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँको मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने छ । 
 

प्रतिक्रिया दिनुहोस