aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एशियन लाइफले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ चैत्र २०७९
एशियन लाइफले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्लासिक सिमरा, बारामा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ९० करोड ८१ लाख ११ हजारको आधारमा ८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

सभाले हाल कायम रू. ५ अर्ब अधिकृत पूँजीलाई बृद्धि गरी रू. ६ अर्ब कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस