aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो एक सय दिन कार्यक्रम शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ चैत्र २०७९
सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो एक सय दिन कार्यक्रम शुरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थिक तरलता सङ्कटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । 

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबिच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरू धोजबहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्रान्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।

जीवनको अप्ठ्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र सङ्कटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ । त्यसैले, बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस