aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शाहरुख विश्वकै प्रभावशाली व्यक्तिहरुको शीर्ष स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
शाहरुख  विश्वकै प्रभावशाली व्यक्तिहरुको शीर्ष स्थानमा

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान विश्वकै प्रभावशाली व्यक्तिहरुको शीर्ष स्थानमा परेका छन् । टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा शाहरुखले चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई उछिन्दै शीर्ष स्थानमा परेका हुन् ।

यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, एलन मस्क, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् । टाइम म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस