
काठमाडौं । अर्र्किड होल्डिङ्ग्स लिमिटेडले ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर आजदेखि विक्री खुला गरेको छ । कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रति शेयर रू. १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । सम्बन्धित शेयरधनीहरूले आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
शेयरधनीहरूले हकप्रद शेयर वापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तिसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ ।
प्रतिक्रिया दिनुहोस