
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा शनिबार बिहान ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौडा तनहुँमा सम्पन्न भएको हो ।
उक्त सभाको उद्घाटन एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा संस्थाका संस्थापक सदस्य एव सभाका प्रमुख अतिथी दिनेश लाल श्रेष्ठ तथा संस्थाको संचालक समितिका अध्यक्ष अर्चना प्रधानले गरेका हुन् ।
उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु सर्वसहमतीले पारित गरेको छ । सभामा अध्यक्ष प्रधानले आफ्नो प्रतिवेदन प्रस्तुत गरिन् । सभासमक्ष कम्पनी सचिव विष्णु प्रसाद ढकालले पेश गरेको सबै प्रस्तावहरु सभाले सर्वसम्मत पारित गरेको छ ।
सभाका प्रमुख अतिथी दिनेशलाल श्रेष्ठले संस्था स्थापनाको पृष्ठभूमी सहितको महत्वपुर्ण मन्तव्य राख्दै अहिलेको बिषम परिस्थितिमा संयमता अपनाई संस्थालाई बचाउने हिसाबले काम गर्न सबैलाई आग्रह गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव ढकालले सभाको औपचारीक कार्यक्रम संचालन गरे ।
प्रतिक्रिया दिनुहोस