aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब सोमबारदेखि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारको कारोबारमा आउनेछ । 

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ९८ दशमलव ४३ देखि अधिकतम रू. २९५ दशमलव २९ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीले स्थानीय बासिन्दका लागि निष्कासन गरेको ३३ लाख ३२ हजार ५ सय कित्ता, कम्पनीका कर्मचारीहरूको लागि वितरण गरेको १६ लाख ६६ हजार २५० कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

कम्पनीको स्टक सिम्बोल टीएएमओआर रहेको छ । साथै सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस