
काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्न विशेष साधारण सभा गर्दै छ । क्यापिटलले २०८० वैशाख ९ गते विशेष साधारण सभा बोलाएको हो ।
विशेष साधारण सभा काठमाडौं कमलादीस्थित रोयल सिंगी होटलमा बिहान ९ बजे शुरू हुनेछ । सभाले सेञ्चुरी क्यापिटललाई प्राप्तिसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै प्राप्ति प्रयोजनका लागि तय गरेको १ः१ शेयर स्वाप रेशियो पनि सभाले पारित गर्नेछ । साथै सेञ्चुरी क्यापिटल प्राप्तिपछि क्यापिटलको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।
सोही सभाले प्रभु क्यापिटलले प्राथमिक शेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । सेञ्चुरी क्यापिटलले सोही दिन विशेष साधारण सभा आयोजना गरेको छ ।
सभा काठमाडौंस्थित क्यापिटलको केन्द्रीय कार्यालयमा बिहान ९ बजे शुरू हुनेछ । सभाले सेञ्चुरी क्यापिटललाई प्रभु क्यापिटलले प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस