
काठमाडौं । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुको सम्पत्तिमा वृद्धि भएको छ । गत माघमसान्त सम्मको तुलनामा फागुनसम्ममा यी कम्पनीहरुको सम्पत्ति दुई अर्ब रुपैयाँले थपिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार फागुन मसान्तसम्ममा २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा शुल्क निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेका छन् । जबकी गत माघ मसान्तसम्म कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । कम्पनीहरुले फागुनमसान्तसम्म १८ लाख ७६ हजार ४५३ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
निर्जिवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै २ लाख ४० हजार १७० बीमालेख बिक्री गरेका छन् । जसबाट दुई अर्ब ८१ करोड ४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत माघ महिनाको तुलनामा भने फागुनमा बीमा कम्पनीको व्यवसाय घटेको छ । माघ महिनामा कम्पनीहरुले २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
बीमा शुल्क संकलनमा शिखर इन्स्यारेन्स अब्बल
निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा अब्बल शिखर इन्स्योरेन्स देखिएको छ । फागुन मसान्तसम्म यस कम्पनीले व्यवसायको क्षेत्रमा सबैभन्दा बढि बीमा व्यवसाय गरेको हो ।
जसले चालु आवको फागुन मसान्तसम्म तीन अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क एक लाख ७१ हजार ३९५ बीमालेख बिक्री गरेर आएको हो ।
त्यस्तै, दोस्रोमा नेको इन्स्यारेन्स रहेको छ । यस कम्पनीले सो अवधिमा १ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने तेस्रोमा रहेका हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ९१ करोड २३ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणका अनुसार चालु आवको फागुन महिनासम्म सगरमाथा इन्स्यारेन्स कम्पनीले एक अर्ब ८६ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने लुम्बिनी जनरल इन्स्यारेन्सले एक अर्ब २१ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यी कम्पनीको फागुन २९ गते मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) नामबाट कारोबार शुरु भइसकेको छ । एकीकृत कारोबारपछि यी कम्पनीले दुई करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ८० करोड ९५ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले एक अर्ब ५८ करोड ६८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले एक अर्ब ४१ करोड ४८ लाख रुपैयाँ र अजोड इन्स्यारेन्स कम्पनीले एक अर्ब २३ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यस अवधिमा एक अर्ब ६२ करोड ५८ लाख रुपौयँ बीमा शुल्क संकलन गरेको छ भने यस्तो शुल्क प्रिमिमयर इन्स्योरेन्सले एक अर्ब २४ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यी दुई कम्पनी गत फागुन १७ गते मर्ज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । एकीकृत कारोबार पछि यो कम्पनीले १२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको छ ।
चार कम्पनी पुग्न सकेननन् अर्ब क्लबमा
निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । फागुन मसान्तसम्म यस कम्पानीले ६४ करोड ४८ लाख बीमा शुल्क संकलन गरेको छ । जुन शुल्क २१ हजार ५८४ बीमालेख जारी गरेर संकलन भएको हो ।
त्यस्तै, युनाइटेड इन्स्योरेन्सले ७८ करोड ४७ लाख, पु्रडेन्सियल इन्स्योरेन्सले ८९ करोड ५९ लाख रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यी चार कम्पनी अर्ब क्लबमा पुग्न सकेका छैनन् ।
त्यसैगरी, आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब २१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्रभु इन्स्योरेन्स कम्पनीले एब अर्ब २ करोड ६३ लाख रुपैयाँ, नेपाल इन्स्यारेन्स कम्पनीले एक अर्ब ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस