aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तनहुँका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
तनहुँका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन

तनहुँ । तनहुँका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हाते ट्र्याक्टरलगायत प्रदान गरिएको छ । 

त्यसैगरी, गाउँपालिकामा ६० परिवारमध्ये बाख्रा सात जनालाई, टनेल तीन, बोयर बोका दुई, बङ्गुरको पाठापाठी ३०, कुखुराका चल्ला एक हजार, हाते ट्र्याक्टर र कुटानी–पिसनी लगायतका सामग्री प्रदान गरिएको छ । बाख्रा र बङ्गुरपालनका लागि खोर निर्माण गरेपछि एक÷एकवटा उन्नत जातको बाख्रा र बङ्गुरका पाठापाठी वितरण गरिनेछ । 

गण्डकी प्रदेश सरकारबाट दुई पालिकाका लागि २०÷२० लाख बजेट निकासा भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।     गण्डकी प्रदेश सरकारको ९० प्रतिशत र कृषकको १० प्रतिशत लगानी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताए । त्यसैगरी, साना व्यवसायी फार्म स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत आठजना मौरीपालन कृषकलाई दुई सय ४० मौरीको घार वितरण गरेको छ । 

न्यूनतम चार÷पाँच घार मौरी पाल्दै आएका र मौरीसम्बन्धी तालिम लिएका कृषकलाई प्राथमिकता दिएर गोलासहितको मौरीको घार वितरण गरेको हो । गण्डकी प्रदेशको ५० प्रतिशत छुटमा कृषकलाई मौरीको घार वितरण गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस