aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माई खोला हाइड्रोपावरले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली बाँडफाँट गर्याे आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
माई खोला हाइड्रोपावरले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली बाँडफाँट गर्याे आईपीओ

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गते देखि चैत ९ गतेसम्म विक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।

विक्री प्रबन्धकका अनुसार चैत २७ गते दुबै पहिलो चरणको आईपीओ बाँडफाँट गरिएको हो । अब दोस्रो चरणको आईपीओ कम्पनीले विक्री गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ । 
 

प्रतिक्रिया दिनुहोस