aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

समिट होटलको परियोजना हाम्रो मात्र होइन: सीजी डेभलपर्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
समिट होटलको परियोजना हाम्रो मात्र होइन: सीजी डेभलपर्स

काठमाडौँ । चौधरी समुहको नामलाई प्राथमिकता दिँदै ललितपुरको बखुन्डोलमा भएको घटनाबारे निरन्तर समाचारहरू प्रकाशित भएपछि सी. जी. डेभलपर्स प्रालीले स्पष्टीकरण दिएको छ ।  मङ्गलवार एक प्रेस विज्ञप्ति मार्फत सो परियोजनामा आफू मात्र नरहेको सो समुहले जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, "समिट होटल प्रालीले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत गरिएका टीकाटिप्पणीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समिट होटल प्रा. ली. मा उक्त होटल सञ्चालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो। बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, सञ्चित श्रेष्ठ र उहाँहरूको परिवार रहनुभएको छ ।"

समिट होटल प्रालीले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं सञ्चालनको जिम्मेवारी सञ्चित श्रेष्ठले लिएको समेत सो विज्ञप्तिमा जनाइएको छ । त्यसैले सो परियोजनाको निर्माण क्रममा सीजी डेपलपर्स व्यवस्थापन र सञ्चालनमा संलग्न नरहेको सो समुहको भनाई छ ।

विज्ञप्तिमा सीजी डेपलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा पहिचान स्थापित गरेको दाबी समेत गरिएको छ । सीजी डेपलपर्सले काठमाडौं रेसिडेन्सी सीजी हिल्स माउन्ट भ्यु रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको हो । र, अहिले ललितपुरकोटमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ । यी परियोजनाहरूको व्यावसायिक व्यवस्थापन संचालन सीजी डेभलपर्सले गर्दछ ।

समिट होटल प्रा. सी. को परियोजनाका बारेमा आवश्यक पर्ने सूचना र जानकारी समेत सो परियोजनाका आधिकारिक प्रवक्ताले नै जानकारी गराउने भएकोले आवश्यक थप जानकारी सबैलाई उनी मार्फत प्राप्त हुने सिजीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस