aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी २ जनाले पाए थप १ कित्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी २ जनाले पाए थप १ कित्ता

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बुधवार विक्री प्रबन्धकको कार्यालय  प्रभु क्यापिटल कमलादीमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ १ लाख ३३ हजार ७३० जना आवेदकलले १० कित्ताका दरले शेयर पाएका छन् भने जसमा भाग्यमानी दुई जनाले थप एक एक कित्ता शेयर पाएका हुन । कम्पनीको आईपीओमा १२ लाख ८१ हजार ४०२ जना योग्य आवेदकले १ करोड ३८ लाख ३३ हजार ११०  कित्ताका लागि आवेदन दिएका थिए । 

कम्पनीले चैत १९ गते देखि २२ गते सम्म १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको  दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस