aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साधना लघुवित्तद्वारा लाभांश वितरण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
साधना लघुवित्तद्वारा लाभांश वितरण शुरु

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा चैत १४ गतेदेखि जम्मा गर्न सुरु गरेको हो ।

यस वर्ष कम्पनीले रू. ३२ करोड १२ लाख २५ हजार ५०० चुक्तापूँजीको आधारमा १९ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो । साधारण सभा प्रयोजनका लागि पुस २० गते एकदिन कम्पनीले बुक क्लोज गरेको थियो ।

बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् । पुस १९ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखेका सदस्यहरूको बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नामा रोक्का राखिएको कम्पनीको भनाई छ । यसर्थ कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत कम्पनीले भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस