aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल लाईफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ बैशाख २०८०
नेशनल लाईफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै ६ दशमलव ५ प्रतिशत छुट्टै नगद लाभांश वितरणको प्रस्ताव समेत कम्पनीले गरेको छ । यस आधारमा कुल १४ दशमलव ९२ प्रतिशत लाभांश कम्पनीले वितरण गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार रहेको छ ।

सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । चैत ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस