aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

करबापतको रकम जम्मा गर्न यूनियन लाइफको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
करबापतको रकम जम्मा गर्न यूनियन लाइफको अनुरोध

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरूलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले गत माघ २६ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत बोनस शेयरमा लाग्ने कर शेयरधनीलाई बुझाउन अनुरोध गरेको हो ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत भइसकेको छ । साथै माघ १५ गतेसम्मकायम शेयरधनीहरूले सो बोनस शेयर पाउने तथा बोनस शेयरमा लाग्ने कर शेयरधनीहरू स्वयंले नै तिनुपर्ने भएकाले करबापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०८९००८९९५४१००१२१ वालिङ शाखामा जम्मा गर्नुपर्नेछ ।

साथै जम्मा गरेको भौचर कम्पनीको इमेल [email protected] मा पठाउनु पर्नेछ । शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस