aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लिवर्टी इनर्जीको वार्षिक साधारण सभा बैशाख २५ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
लिवर्टी इनर्जीको वार्षिक साधारण सभा बैशाख २५ गते

काठमाडौं ।  लिवर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा वैशाख २५ गते गर्ने भएको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा सभा अमृतभोग क्याटर्स कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको हो ।

सभाले तीन आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । सभाले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभाले हकप्रद निष्काशन प्रस्तावसँगै चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने साथै थप ऋणका लागि स्वीकृति दिने, जलविद्युत् कम्पनीहरू मर्ज अथवा एक्वायर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले कम्पनीको स्वामित्वमा रहेको निर्माण प्रक्रियामा जान बाँकी आयोजनाहरूको निर्माणका लागि आवश्यक पूँजी व्यवस्थापन गर्न तथा हस्तान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस