aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अभिनेता अजित कुमार भारतबाट मोटरसाइकलमा आए नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
अभिनेता अजित कुमार भारतबाट मोटरसाइकलमा आए नेपाल

काठमाडौं । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौंमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए । 

“उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भने । यही चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै नेपाल आएका हुन् ।   

चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ । विशेषतः दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन् । पछिल्लो समय नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ । भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि विदेशी निर्माण समूह भित्रिने क्रम बढिरहेको छ । 

प्रतिक्रिया दिनुहोस