aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्याकार ट्रेडिङले ल्यायो ‘होण्डा चुज योर स्किम’ नामक आकर्षक योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
स्याकार ट्रेडिङले ल्यायो ‘होण्डा चुज योर स्किम’ नामक आकर्षक योजना

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर भेइकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर ल्याएको छ । ‘होण्डा चुज योर स्किम’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरिएको हो । 

योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद एक लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै आठ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ । 

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस